Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag

असार २७ गते कोहलपुरमा हुदैंछ वन ग्लोबल माईल

April 23, 2026

गणेश राई नेपालगन्ज, १० वैशाख वन ग्लोबल माइल अन्तर्गत असार २७ गते -जुलाई ११)मा नेपालमा कोहलपुर माइल हुने भएको छ । हरेक बर्ष जुलाई ११ मा हुने वन ग्लोबल माइल विश्वभर रनिङ संस्कृति प्रवद्र्धन गर्ने महाअभियान हो । ‘एक माइल, एक दिन, एक विश्वÚ नारासहित यश बर्ष दर्जन बढी देशमा एकैपटक एक माइल -१.६०९किलोमिटर) दौड हुन लागेको हो । यो हरेक बर्ष जुलाई ११ मा हुनेछ । यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । डेढ किलोमिटरको रोड रेस भएकोले सबै उमेर समुहलाई सहभागितामा सहज हुनेछ । रेस नेपालको आयोजनामा हुने यश दौडको व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ । अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइल बिस्तार हुनेक्रममा वन ग्लोबल माइल बनेको हो । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस-एम्स)ले आधिकारिक प्रवद्र्धन गरेको वन ग्लोबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सह–संस्थापक एवं रन बंग्लाका सिईओ जोन बोका र एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए । कोहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन लगायत दौड प्रतियोगिता सञ्चालनमा रहेका छन् । वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आवद्धता अपरिहार्य रहेको एम्स दुत टीएस ठकुरीले बताए ।

Back to news
WhatsApp